नियम ६७
राजस्वमा आम्दानी बाँध्ने कार्यविधि
(१) यो नियमावली प्रारम्भ हुनु भन्दा अगाडी राखिएका धरौटी मध्ये प्रयोजन बाँकी रहेका बाहेक अन्य धरौटी रकम प्रमाण साथ दावी गर्न आएमा फिर्ता दिने गरी राजस्वमा आम्दानी बाँधिनेछ । प्रयोजन बाँकी रहेका धरौटीको हकमा नियम ६६ बमोजिम हुनेछ ।
(२) बैङ्क खातामा रकम जम्मा भएको तर कार्यालयको धरौटी खातामा लेखांकन भएको नदेखिएको वा कस्ले के बापत धरौटी राखेको हो भन्ने कुरा पनि स्पष्ट नभई बैङ्कको खातामा त्यसै रही रहेको वा कार्यालयको धरौटी खाता भन्दा बैङ्कमा जम्माजम्मीमा बढी भएको रकम नियम ७२ को उपनियम (२) मा उल्लिखित अवधि पछि राजस्व खातामा जम्मा गर्नु पर्नेछ ।